काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।

बुधबार तरुणका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ ।

माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्‍याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।