धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो।

शुक्रबार(आज)को बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची थियो तर, उहाँले विश्वासको मतको प्रस्ताव पेश नै नगरेर राजीनामा दिनुभएको हो। उहाँ २०८१ वैशाख ६गते मुख्यमन्त्री बन्नुभएको थियो।

उहाँ एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो। केन्द्रमा गठबन्धन फेरिएसँगै असार २०गते एमालेले समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको थियो।

-न्युज कारखाना