इटहरी/ सुनसरीको इटहरीमा एक कार्यक्रमका बीचगरिएको छ। बिहिबार इटहरी १६मा आयोजित एक कार्यक्रममा ग्रन्थको बिमोचन गरिएको हो।

udghatanइटहरी उपमहानगरपालिकाकी उपमेयर एवं कार्यबाहक मेयर संगिता चौधरीलगायतले ‘समाजसेवी तथा शिक्षाप्रेमी बलराम पराजुली स्मृति ग्रन्थ’को बिमोचन गर्नुभएको हो। कार्यक्रममा उपस्थित बिभिन्न बक्ताहरुले स्व. पराजुली समाजका लागि उदाहरणीय ब्यक्तित्व भएको स्मरण गर्दै उहाँले समाज बिकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

profile 1कार्यक्रमका बक्ताहरुले बलराम पराजुली समाजको उदाहरणीय ब्यक्तित्व रहेको स्मरण गर्दै उहाँ भोजपुरको तत्कालिन चरम्बी गाबिसमा जन्मिएर त्यहाँको शिक्षा र समाज बिकासमा आफ्नो निजी सम्पत्तिनै बेचेर योगदान पुर्‍याउनुभएको भन्दै प्रशंसा गनुभएको थियो।

‘समाजसेवी तथा शिक्षाप्रेमी बलराम पराजुली स्मृति ग्रन्थ’ बिमोचन अगाडि मोरङ्गको सुन्दरहरैँचाको संगिनि समुहले संगिनि गाएर कार्यक्रममा उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए।

sangini३ सय ४० पृष्ठको ‘समाजसेवी तथा शिक्षाप्रेमी बलराम पराजुली स्मृति ग्रन्थ’को सम्पादकमा देविप्रसाद घिमिरे र रामचन्द्र खनाल हुनुहुन्छ। सञ्जिता पराजुली अतिथि सम्पादक रहेको ग्रन्थको फोटो सम्पादकमा डा.निर्मला पराजुली हुनुहुन्छ।

उमानाथ पराजुली, चुडामणी पराजुली, देबीसुन्दरी पराजुली(अधिकारी), मणिराम पराजुली र लोकप्रसाद पराजुली ‘समाजसेवी तथा शिक्षाप्रेमी बलराम पराजुली स्मृति ग्रन्थ’को प्रकाशक हुनुहुन्छ।

baग्रन्थमा स्व.पराजुलीका आफन्त तथा बिभिन्न ब्यक्तित्वहरुले पराजुलीले समाजमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभएको छ।