इटहरी/ सुनसरीको इटहरी ६स्थित बसपार्कमा Fusion  Spaसञ्चालनमा आएको छ। बैशाख १ गतेदेखि सञ्चालनमा आएको हो।

बसपार्कमा खुलेको स्पामा होलबडी मसाज, आयुर्वेदीक व्वाइल मसाज र हट स्टोन मसाज गरिने सञ्चालक खेमराज जोशीले बताउनुभयो। बैशाख १ गते उद्घाटन गरिएको स्पालाई ,  मर्यादामा रहेर सञ्चालन गर्ने सञ्चालक जोशीले प्रतिबद्धता जनाउनुभएको छ।spa

हुलाकी सडकको उत्तरतर्फ खुलेको यस स्पाका कर्मचारीहरुलाई ड्रेसकोडको ब्यवस्था गरिएको छ। बैशाख महिनाभर २५ प्रतिशत छुटमा मसाज गरिने सञ्चालक जोशीले बताउनुभयो।

यस्तै १ हजारमा प्रिमियम सदस्यता लिएपछि होलबडी मसाज, आयुर्वेदीक व्वाइल मसाज र हट स्टोन मसाज मध्य जुनसुकै मसाज गर्दा हरेक पटकमा एक हजारमा नै गरिने सञ्चालक जोशीको भनाई छ।