काठमाण्डौ/ सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन्। मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । 

विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ। मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएको भन्दै गुनासो गरेका छन्। टु फ्याक्टर अथेन्टिकेसन कोड राख्दा पनि त्यस्तो कोड इनकरेक्ट देखाइरहेको छ ।

कतिपयले भने अकाउन्ट लगइन गर्नै समस्या रहेको गुनासो गरेका छन् । डाउन डिटेक्टर पनि फेसबुक डाउन भइरहेको उल्लेख गरेको छ । फेसबुक मात्र नभई इन्स्टाग्राम अकाउन्टमा पनि यस्तो समस्या देखिएको छ ।