काठमाण्डौ/ पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन।

प्रहरीका अनुसार आज बिहान ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा बिरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ।

बिरगञ्जबाट आएको बसमा २४जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए। 

अहिले सो ठाउँमा सशस्त्र प्रहरी बलका २८गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए। अहिलेसम्म यात्रुको अवस्था थाहा हुन नसकेको र आजका लागि खोजि कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ। 

-न्युज कारखाना