भोजपुर / भोजपुर नगरपालिका वडा नं. ५ तल्लो बोखिममा रहेको जगदिश्वरी प्राथमिक विद्यालय को ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगरपालिका उप प्रमुख निर्मला शेर्पाले  न्यानो पोषाक वितरण गर्नु भएको छ ।

कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस भन्ने र निरन्तर रुपमा विद्यालय आउन प्रोत्साहन मिलोस भनेर आफूल विद्यालयमा सह‌योग गरेको बताउनु भयो ।

विशेष गरी निजी विद्यालयमा आकर्षण बढिरहेको अवस्थामा प्रत्येक सामूदायिक विद्यालयमा राज्यले गरेको लगानीको उचित निजी विद्यालयको भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सदुपयोग वृद्धि गराई हरेक बाल‌बालिकाले सम्मान शिक्षा प्राप्त गरि सक्षम बनुन भन्न उद्देश्यका साथ विद्यालयलाई प्राथमिकता दिएको उपप्रमुख  शेर्पाले बताउनु भयो ।

कक्षा ५ सम्म पन्नगठन हुने त्यस विद्यालयका ६४ जना विद्यार्थीहरु‌लाई पोषाक र शिक्षक शिक्षिकालाई प्रोत्साहन स्वरूप टोपी र दोसल्लाले सम्मान गर्नु भएको थियोे ।1707927395069