धनकुटा/धनुकुटाको साँगुरीगढी गाउँपालिका ६स्थित भेडेटारबाट करिब ५ सय ९४ किलो गाँजासहित ४जना पक्राउ परेका छन्। तीनजना भारतीय नागरीकसहित चारजना पक्राउ परेका हुन्।

प्रहरीले भारतको अररिया वतना गाँउ १ बस्ने ४४वर्षीय नईम खान, अररियाकै विहार बस्ने १८बर्षीय एकजना किशोर र अररियाकै कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो अनि नेपाली नागरीक मोरङको रंगेली नगरपालिका ७का ७०बर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई राखेको सो परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

-न्युज कारखानाबाट