अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने तामाङ्गहरुको संस्था तामाङ सोसाइटी अफ एन.एस.डब्ल्यु.ले प्रि-ल्होछार कार्यक्रम गरेको छ। सोसाइटीले आगामी ल्होछार साँस्कृतिक कार्यक्रमलाई लक्षित गर्दै शनिबार कार्यक्रम गरेको हो।

सोनाम ल्होछार २८६० डुक ल्हो (ड्रागन बर्ष) साँस्कृतिक कार्यक्रमको ठिक एक साता अघि भएको सो कार्यक्रमलाई ल्होछारको पूर्व तयारी तथा शुभकामना आदान प्रदान कार्यक्रमको रुपमा पनि लिइने गरिएको सोसाइटीले पूर्बी खबरलाई जानकारी दिएको छ।

सोसाईटीले ल्होछारलाई प्रि-ल्होछार, मुख्य ल्होछार र ल्होछार समापन कार्यक्रम गरि तीन चरणमा बिगत देखिनै बर्षेनी भब्यताका साथ मनाउने गरेको र सोहीको निरन्तरता स्वरुप प्रि-ल्होछार मनाइएको सोसाइटीका अध्यक्ष विशाल तामाङले जानकारी दिनुभयो।

bisal

सो कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बर्तमान कार्यसमितिका सल्लाहकार सुन दोर्जे तामाङले ल्होछारको शुभकामना तथा कलाकारहरुको लगनशिल तयारीको निम्ति धन्यवाद ज्ञापन गर्नुभयो।

pics 1त्यसैगरी सोसाइटीका सह–अध्यक्ष अबिरल तामाङले पनि साँस्कृतिक कार्यक्रम बारे योजना तथा अन्य बिषयमा प्रकाश पार्नु हुँदै शुभकामना ब्यक्त गर्नुभयो।

group three

कार्यक्रममा सोसाइटीका उपाध्यक्ष योञ्जी तामाङ, उपाध्यक्ष ग्यानक तामाङ, कमल तामाङ, कुन्साङ तामाङले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा कलाकारहरुद्वारा गायन तथा नृत्य प्रस्तुती गरिएको थियो भने कार्यक्रम सञ्चालन सचिब सुवास योञ्जनले गर्नुभएको थियो।

group twoमञ्जुश्री सम्बत २८६० औँ डुक (ड्रागन) ल्हो सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम फेब्रुअरी १० तारिक शनिबारका दिन सिड्नी (Marana Auditoriom 16 Macmahon St, Hurstville) मा बेलुकीको ५ बजेदेखि औपचारिक रुपमा शुरु भएर रातीको १० बजे समापन हुने तामाङ सोसाइटीले जानकारी दिएको छ।

group one प्रवासमा पनि नव युवा पुस्तामा मौलिक संस्कृती प्रतिको लोभ लाग्दो चेतना 

नेपालमा दोलखाको शैलुङ्ग गाउँपालिका-२,घर भएका सुवास योञ्जन र डोमा तामाङ दुवैजना अहिले सिड्नीमा अध्ययनरत बिद्यार्थी हुनुहुन्छ। अध्ययनमा ब्यस्तताका बावजुद पनि उहाँहरु हाल तामाङ सोसाईटी एन.एस.डब्ल्यु.को क्रमश सचिव र कोषाध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारीमा हुनुहुन्छ।

doma

 उहाँहरु दुईजना बिद्यार्थी जीवन मै समुदाय र संस्कृती प्रति उच्च जिम्मेवारी लिएर योगदान दिने नव युवाको प्रतिनिधी पात्र हुनुहुन्छ भने उहाँहरु जस्ता थुप्रै सिड्नीमा अध्ययनरत नयाँ पुस्ताका युवा युवतीहरु साँस्कृतिक कार्यक्रमको तयारीमा आ-आफ्नो जिम्मेवारी लिएर खटिनुभएको छ।

jodi

सांस्कृतिक संयोजक मोबित तामाङको नेतृत्वमा सेलो, म्हेन्दोमायाँ नृत्य, गायन तथा कला–कौशलको पूर्व अभ्यास र सिङ्गो सोसाइटी पदाधिकारीको नेतृत्वमा व्यवस्थापकीय बिषयहरुको तयारी भईरहँदा प्रत्येक जिम्मेवारीमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका यस्ता युवा पुस्तालाई हेर्ने हो भने समुदाय र आफ्नो मौलिक सँस्कृतीप्रति उनिहरुको लोभ लाग्दो चेतना पाउन सकिन्छ। कोषाध्यक्ष डोमा तामाङ सिड्नीमा नेपाली समाज भित्र एङकरिङको क्षेत्रमा चर्चित कार्यक्रम सञ्चालिका पनि हुनुहुन्छ। 

Guest

- हेम तामाङ्गको सहयोगमा तयार पारिएको समाचार सामाग्री