सिड्नी/ अष्ट्रेलियाको सिड्नीमा तामाङ सोसाईटीले शनिवार बिविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाएको छ। सिड्नीमा रहेका नौ ९ सय जना भन्दा बढि तामाङ्ग समुदाय सहभागी भएर सामुहिक ल्होछार मनाएका हुन्।
![](/uploads/advertise/janata school_1720267096.jpg)
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन बिभिन्न कार्यक्रम गरी बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउने गरेका र यहि क्रममा सिड्नीमा नौ सय जना भन्दा बढी सहभागी भएर सामुहिक ल्होछार मनाएको आयोजक तामाङ सोसाईटी अफ एन.एस.डब्ल्युले पूर्बी खबरलाई जानकारी दिएको छ।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
लामा गुरुहरुद्वारा बौद्ध पाठ पुजा गरेर शुरु गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान र अष्ट्रेलियाको राष्ट्रिय गान बजाएर औपचारिक शुरुवात गरिएको थियो।
कार्यक्रमको शुरुवातमा आयोजकका तर्फबाट सह–अध्यक्ष (Co-President) अविरल तामाङ र निबर्तमान अध्यक्ष सुनदोर्जे तामाङ्गले स्वागत मन्तब्य राख्नु भएको थियो भने बिशेष अतिथी रहनुभएका गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.)का अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल र आदिवासी जनजाती मञ्च(NINFA)का अध्यक्ष सुदर्शन थापा मगरले पनि मन्तव्य राख्दै ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो।
अष्ट्रेलियाका बिशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिती तथा ल्होछारको शुभकामना
कार्यक्रममा अष्ट्रेलियाका बिशिष्ट ब्यक्तित्वहरुलाई पनि आयोजकले निम्त्याएको थियो। उहाँहरुले ल्होछारको शुभकामना दिनु हुँदै नेपाली समुदायको बिषयमा चर्चा गर्नुभएको थियो।
कार्यक्रममा Chief Guest-The Hon Mark Buttigieg MLC representing Premier Chris Minns, Special guest- Councillor Ashvini Ambihaipahar, representing Multicultural Minister Steve Kamper, Special guest-MP Donna Davis हुनुहुन्थ्यो।
नेपाली सेलो र साँस्कृतिक गायन, नृत्य प्रदर्शन
कार्यक्रममा सेलो, म्हेन्दो मायासहित साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो। यस्तै अष्ट्रेलिया मै रहेर गायन क्षेत्रमा सकृय कलाकारहरु डिकी बम्जन, सुवास योञ्जन, प्रमिला तामाङ, कमल वाईबा, इनोच तामाङ, राजेन्द्र तामाङ र अतिथी कलाकारको रुपमा दिल तामाङले स्टेज तताएका थिए।
नेपालमा इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल घर भएर सन् २००८ देखि अष्ट्रेलियामा रहनुभएका तामाङ सोसाईटी अफ एन.एस.डब्ल्युका अध्यक्ष विशाल तामाङले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो।
औपचारिक कार्यक्रम सचिव सुवास योञ्जन तथा साँस्कृतिक कार्यक्रम अञ्जना तामाङ, डोमा तामाङ र राजेन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो।
थप तस्विरहरु :
-सिड्नीमा रहेका हेम तामाङ्गको सहयोगमा तयार पारिएको समाचार सामाग्री