अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने तामाङ्ग समुदायले सोनाम ल्होछार वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। सिड्नीबासी तामाङ्ग सुमदायले सोनाम ल्होछारको अवसर पारेर सिड्नीमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।

तामाङ सोसाइटी अफ न्यु साउथ वेल्स, सिड्नीको आयोजनामा तामाङ समुदायले सोनाम ल्होछार २८६० डुक ल्हो (ड्रागन वर्ष) को अवसर पारेर फेब्रुअरी १० तारिकमा सिड्नीमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको तामाङ्ग समाज सिड्नीले पूर्वीखबरलाई जानकारी दिएको छ।  कार्यक्रमको व्यवस्थापकीय तथा सांस्कृतीक तयारी अन्तिम चरणमा भईरहेको भन्दै समाजले बिगत केहि हप्ता देखि नै कलाकारहरु पहिचान झल्काउने तामाङ सेलो नृत्य तथा अन्य मौलिक कला प्रस्तुतीको निम्ती तयारी गरिरहेको जनाएको छ।

two 1

नेपालीको बाक्लो बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा तामाङ समुदायले बिगत बर्षहरु देखि नै निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आईरहेका छन्।

तामाङ शब्दावलीमा ल्होछारको अर्थ नयाँ साल भन्ने हुन्छ। तामाङ समुदायको आफ्नै भाषा, धर्म र मौलिक संस्कृती एवं चिनारी रहेको र यही मौलिक संस्कृतीको संरक्षण, सम्बर्धन तथा अष्ट्रेलियामा हुर्की रहेका नयाँ पुस्तामा समेत सांस्कृतिक चेतनाको विकास गराउन पनि यो कार्यक्रम भब्यताका साथ गर्न लागेको तामाङ सोसाइटी अफ न्यु सउथ वेल्स सिड्नीका अध्यक्ष बिशाल तामाङले पूर्वीखबरलाई जानकारी दिनुभयो।

three 1

सोसाइटीका सह-अध्यक्ष अबिरल तामाङले कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रायोजक तथा सिड्नी बस्नु हुने थुप्रै नेपाली शुभचिन्तकहरुको साथ सहयोग रहेकोले कार्यक्रम भव्य रुपमा सफल हुने बिश्वास लिनुहुँदै स्पोन्सरहरु प्रति हार्दिक धन्यबाद तथा आभार ब्यक्त गर्नुभयो।

सिड्नीमा बसोबास गर्ने तामाङ समुदायले आफ्नो संस्कृती संरक्षण गर्ने अभिप्रायले तामाङ सोसाइटी अफ न्यु साउथ वेल्स सिड्नी सन् २००९ मै गठन गरि संगठित भएका थिए।

four 1

हाल यो सोसाइटीको नेतृत्व बिशाल तामाङले गरि रहनुभएको छ भने यसमा आबद्ध तथा सकृय हुनेहरु मध्ये अधिकांश हाल अष्ट्रेलियामा अध्ययनरत बिधार्थीहरु पनि छन्। प्रवासमा अध्ययन तथा कामका बाबजुद पनि तामाङ युवा पुस्तामा  मौलिक पहिचान तथा संस्कृती प्रतिको माया तथा चेतना सह्रानीय रहेको पाईन्छ।

five 1

आयोजकले सामुहिक ल्होछार मनाउन नौ सय जना भन्दा बढी सिट क्षमताको सभा हल निश्चित गरिसकेको छ भने अष्ट्रेलियामा रहेका तामाङ समुदायमा उपस्थितीको निम्ति अपिल पनि गरेको छ।

कार्यक्रमको टाईटल स्पोन्सरको रुपमा एस स्टडी एजुकेशन/ भिसा रहेको छ।

- हेम तामाङ्गको सहयोगमा तयार पारिएको समाचार सामाग्री