सुनसरी / कोशी प्रदेशमा ‘बोक्सीको घर’ फिल्म हेर्ने दर्शकलाई  हल हलमा पुगेर फिल्म निर्मता तथा कलाकारहरूले  दर्शकलाई धन्यवाद दिएका छन् ।

 इटहरीको इलाइट सिनेमा हल, विराटनगरको  सेन्ट्रल मल्टिप्लेक्स  हल , विर्तामोडको वानस्टप सिनेमा हल , दमकको डिम्याक्स सिनेमाजमा पुगेर बोक्सीको घर' टिम  केकि अधिकारी,बद्री अधिकारी सुलक्षण भारती र सुपला सापकोटा सहितको टिमले धन्यवाद दिएका छन् ।

यतिबेला फिल्म दोश्रो सातामा सफलतापुर्वक चलिरहेको छ । पहिलो सातामा कोशी प्रदेशमा पनि दर्शकको यो फिल्मका लागी निकै राम्रो उपस्थिति थियो । त्यसैलाई मध्यनजर गर्दै फिल्मका तर्फबाट केकि सहित लेखक तथा निर्देशक सुलक्षण भारती र फिल्ममा अत्यन्तै रुचाईएकी बाल कलाकार सुपला सापकोटा कोशी प्रदेशका दर्शकलाई धन्यवाद दिन आएका थिए ।

कोशी प्रदेशको मुख्य केन्द्र मानिने तथा फिल्महरुको राम्रै चहलपहल हुने स्थान इटहरीमा टिम पुगेर त्यहाँको इलाईट सिनेमा हलमा उपस्थित दर्शकलाई उनले अनि टिमले भेटेका थिए । हलका म्यानेजर नवराज केसिले केकि, शुलक्षण र सुपलालाई खदा लगाईदिएर स्वागत सम्मान गरे । त्यो बेला हलबाट दर्शक बाहिर निस्किसकेका थिए । त्यसैले केकिले बहिर नै दर्शकसंग सेल्फी खिच्दै गर्दा फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया पाए । उनीहरू सोमबार काठमाडौं फर्किएका थिए ।

गएको बैशाख १४ गतेदेखी प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको दोश्रो साता प्रवेश गर्दासम्म ७ करोड भन्दा माथीको ब्यापार गरेको छ । पुर्व यात्रा सम्पन्न गरेर सोमबार बेलुका नै काठमाडौ फर्केको टिम भोलि बुधबार २६ गते नेपालगन्जका दर्शक भेट्न निस्कदैछ । समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिने रुढीबादी परम्परागत संस्कारको कथा प्रस्तुत गर्ने बोक्सीको घरमा केकी र सुपलाको अलवा रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको पनि अभिनय रहेको छ । बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् ।