इटहरी/ इटहरी उप–महानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५दिने उर्दी जारी गरेको छ। खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्राचार गरेको हो।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रुपमा बनेको भन्दै ३५दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्राचार गर्नुभएको हो। खोलाको भाग मिचेर बनेको संरचना नहटाए डोजर चलाउने मेयर पौडेलको भनाई छ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६र ६ मिटर छोडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताउनुभयो। उहाँले सो खोला पैनीको दुवै तर्फ ६र ६ मिटर नछोडी बनेका भवन संरचना ३५दिनभित्र स्वयं हटाउन सुचना जारी गर्नुभएको हो। 

एक महिना अगाडी नै इटहरी उप–महानगरपालिकाले खोलापैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन शुरु गरिसकेको छ। ट्यांग्रा खोलामा दर्जनौ घर टहरा भत्काउदै आएको छ। खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउदै आउनुभएको छ।

इटहरी उप–महानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उप–महानगरपालिका आँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ।

khetikhola