सुनसरी / सुनसरी मिस नेपाल द हिडन ट्रेजरको आयोजनामा अति प्रतीक्षित मिस नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ । 

आइतबार इटहरीमा पत्रकार सम्मेलन गदै मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने जनाएको छ ।  द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले इटहरीमा अडिसन गर्न लागिएको जानकारी दिएको छ । नेपालभरिका सुन्दरीहरू सहभागी गराउने गरी कोशी प्रदेशबाट पनि प्रतिस्पर्धी छनोट गर्न इटहरीमा अडिसन हुने आयोजकले जनाएको छ ।

यस वर्षको मिस नेपाल प्रतियोगितामा भाग लिन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्ने र आवेदनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ । मिस नेपालको इटहरीमा अडिसन मंगलबार हुने जानकारी गराउदै बर्षै देखिको चहाना मिस इन्टर नेस्नल लेबलका अवडा ल्याउने रहेको बतायदै आउने दिनमा अझ प्रगती गर्ने र मिस कोशी प्रदेश आयोजना गर्न लागि परेको मिस नेपाल कोशी प्रदेश कोडीनेटर स्मित कार्कीले बताए ।

यस वर्षको प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन मुख्य विजेता घोषणा गरिनेछ । देशका प्रमुख सहरमा अडिसन सकिएपछि फाइनल अडिसन जेठ ५ गते काठमाडौंमा हुनेछ । त्यहाँबाट छानिएका प्रतियोगीलाई ग्रान्ड फिनालेका लागि प्रशिक्षण दिइने बताइएको छ । आयोजकका अनुसार फिनाले साउन १९ गते गोदावरीमा हुनेछ ।