झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ १०, २०८०

झापा । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।

पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ ।

साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved