सुनसरी जिल्ला स्तरीय स्कुल तथा कलेज शिक्षक फुटसल प्रतियोगिता हुने

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन ४, २०७९

इटहरी/ सुनसरीको इटहरीमा सुनसरी जिल्ला स्तरीय स्कुल तथा कलेज शिक्षक फुटसल प्रतियोगिता हुने भएको छ। संयुक्त पशुपति क्लव इटहरी ९ले शनिबार फुटसल सञ्चालन गर्न लागेको हो।

कोसी सेन्ट जेम्स कलेज, इटहरी-९ले प्रायोजन गरेको प्रतियोगिता इटहरी १० बिराटनगर लाईनस्थित एसडी फुटसलमा शनिबार सञ्चालन हुने आयोजकले जनाएको छ। यो प्रतियोगिता पहिलो संस्करण रहेको र यो सँस्करणमा सुनसरी जिल्ला भित्रका १४ वटा स्कुल एवं कलेजका शिक्षकगणको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा बिजेता हुने समुहले नगद १५ हजारका साथै ट्रफि अनि उपविजेतालाई नगद १० हजार अनि ट्रफि प्रदान गरिने आयोजक संयुक्त पशुपति क्लवले जनाएको छ।

यसैगरी प्रतियोगिताका बिभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved