केराबारी/ केराबारी फुटबल क्लबले सुनसरीको धरान ६ पानबारीमा सम्पन्न प्रथम पानवारी गोल्डकपको उपाधी कब्जा गरेको छ। शनिबार(आज) सम्पन्न फाईनल खेलमा सिसिडीआईसि धनकुटालाई २–०ले हराउँदै केराबारी च्याम्पियन बनेको हो।

शनिबार भएको फाईनल खेलमा चौबिसे सामुदायीक बिकास सुचना केन्द्र फुटबल क्लब(सिसिडीआईसि) धनकुटालाई हराउन भुवन बस्नेतले गरेको गोल पर्याप्त बन्न पुग्यो। बस्नेतले दोश्रो हाफको ८औँ र अतिरिक्त समयको चौथो मिनेटमा गोल गरेका थिए। 

बिजेता बनेको केराबारीले १ लाख ११ हजार १ सय ११ रुपैयासँगै ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको चौबिसे धनकुटाले ५५ हजार ५ सय ५५रुपैँया सँगै ट्रफि र मेडल प्राप्त गरेको छ।

फाईनल खेलको म्यान अफ द म्याच केराबारी फुटबल क्लबका भुवन बस्नेत घोषित हुँदै नगद ५ हजार सँगै मेडल तथा ट्रफि प्राप्त गर।

बिधातर्फ उत्कृष्ट डिफेन्स केराबारी फुटबल क्लबका रोमन लिम्बु, उत्कृष्ट गोल किपर केराबारीकै आयुष योङ्हाङ्ग, उत्कृष्ट मिड फिल्डरको उपाधी केराबारीका अनिष मगर घोषित हुँदै जनहि ५ हजार रुपैँया, ट्रफी र मेडल प्राप्त गरे ।

यसैगरी सर्बाधिक गोलकर्ता केराबारीका भुवन बस्नेत र धनकुटाका सुनिल खड्का घोषित हुँदै नगद २५ सय २५ सय बाँडे। उनिहरुले प्रतियोगिता भर २/२ गोल गरेका थिए।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडि केराबारीकै प्रबेश बस्नेत घोषित भए भने उनले नगद ७ हजार ट्रफी तथा मेडल प्राप्त गरे। खेलमा राईजिङ प्लेयर मनिष लिम्बू घोषित भए भने उत्कृष्ट कोच केराबारीका पृतम लिम्बू भए, उनिहरुले जनहि ५ हजार, ट्रफि र मेडल प्राप्त गरेका छन्।