इटहरी/ आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ले चलचित्रकर्मीहरुलाई सम्मान गरेको छ। महासंघले मोफसलका चलचित्रकर्मीहरु लगायतलाई सम्मान गरेको हो। two 3

चलचित्र विकास बोर्डको कार्यक्रमको सह–आयोजनामा भएको कार्यक्रममा कलाकार एवम् समाजसेवी रितेश जङ पौडेल, चलचित्र निर्माता एवं निर्देशक लाखमान योञ्जन, थारु चलचित्रका नायक एवं म्याजिक सिनेमा हल झुम्काका सञ्चालक पशुराम चौधरी, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधानलाई सम्मान गरेको छ। three 3

यस्तै महासंघले क्याप्टेन तथा कलाकार विजय लामा, चलचित्र निर्देशकको मिलन चाम्स, गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राइलाई ‘आदिवासी जनजाति चलचित्र बिशेष सम्मान–२०७९ले सम्मान गरेको हो। one 1

नेकपा माओबादी प्रदेश १का संसदीय दलका नेता इन्द्र आङ्बोको प्रमुख आतिथ्यता र आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्वमा भएको कार्यक्रममा ‘आदिवासी जनजाती चलचित्रको महत्व र आवश्यकताका बिषयमा अन्तरक्रिया समेत गरिएको छ ।