कलाकारितामा रमाउँदै सुस्मिता

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन ३, २०७६

सन् २०१७मा भएको मिस कोशीबाट नेपाली ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी सुस्मिता श्रेष्ठ अहिले म्युजिक भिडियो खेल्दै चलचित्र क्षेत्रमा प्रवेश गरिसकेकी छन्। मौसम भट्टराई निर्देशित चलचित्र एक कहानी र जनक कार्की निर्देशित मधुमालती नामका दुईवटा चलचित्रमा सुस्मिताले अभिनय गरिसकेकी छिन्।

त्यसो त अरु दुईवटा चलचित्रका लागि लिखित सम्झौता गरिसकेको बताउने सुस्मिता अहिले पनि केहि म्युजिक भिडियोमा अभिनयमा नै ब्यस्त रहेको बताउँछिन्।

पहिलो पटक तिजको गितमा अभिनय गरेको स्मरण गर्ने सुस्मिता श्रेष्ठले अञ्जु गौतमको रातो चुरी, बलबहादुर राजबंशीको हिजो सम्म बोलको गितमा यस्तै आकाश क्षत्रिको रातो खोर्सानी कति पिरो म तिम्रो हिरो बोलको गित एवं दुर्गा राईको म त जाँदैछुलगायतका करिव डेढदर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

इटहरीको लुकवेल ब्युटि स्पा इटहरीका एञ्जल न्यौपानेको मेकअपमा इटहरीकै टर्फ स्पोष्टस् बारमा स्टुडियो 977 का बिषप श्रेष्ठले खिचेको तिनै सुस्मिता श्रेष्ठका केहि तस्विरहरु IMG_0805 : IMG_0800IMG_0811 IMG_0862 IMG_0863 IMG_0856 IMG_0985

 

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved