नायिका सुष्मा अधिकारी भन्छिन् ‘मेरो आँखा नै सबैभन्दा सेक्सी’

  • बिजय ओझा
  • प्रकाशित मिति: भदौ १, २०७६

काठमाण्डौ / नायिका सुष्मा अधिकारी यतिबेला एकपछि अर्को वैदेशिक कार्यक्रममा व्यस्त बन्न थालेकी छन्। कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन्।

विदेशबाट कार्यक्रममा सहभागी हुन धेरै नै अफर आईरहेको अधिकारी बताउछिन। उनि भन्छिन् समय मिलाएर सकेसम्म धेरै नै सहभागी हुने प्रयाश गरिरहेको छुँ।

नेपाली रंगमञ्चका कार्यक्रममा सहभागी हुने क्रममा हालसम्म उनी कतार र युएई दुई पटक तथा अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर र लण्डन पुगिसकेकी छिन् भने चाँडै नै जापान जाने निश्चित भईसकेको छ। स्टार इन्टरनेशनल अवार्ड कार्यक्रममा सहभागी हुन उनी यतिबेला कतारमा रहेकी छिन्।

यस्तै कतारबाट आउने बित्तिकै उनी १७ अगष्टमा हुने ईन्कोरेजमेन्ट अवार्डमा सहभागी हुन जापान जाँदैछिन्। बिगत ८ वर्षदेखी नेपाली कलाकारिता क्षेत्रमा लागिपरेकी सुष्माले आधुनिक, पप, लोकगीत गरी हालसम्म तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

यस्तै उनले नेपाली चलचित्र अनौठो प्रेम कथा, पिपल, खुर्पा, चि मुसी चिका साथै भोजपुरी चलचित्र देवाना दुई र जय मधेशमा समेत अभिनय गरिसकेकी छन्। म्युजिकि भिडियोको त धेरै नै अफर आईरहेको छ, सुष्माले भनिन् – एउटा मुभिको कुरा भईरहेको छ, जापानबाट फर्केपछि फाईनल गर्छु। स्कुल लेभलदेखि नै नेपाली कलाकारिता क्षेत्रमा भविष्य बनाउँछु भन्ने दृढ संकल्प बोकेकी सुष्माको सपना उच्च शिक्षाका लागि काठमाण्डौँ आउने क्रममा पुरा भयो।

सानैदेखी नृत्यमा सिपालु उनी टिभीमा नाटक, चलचित्र हेर्ने क्रममा आफु पनि अभिनन गर्न सिक्ने गर्थिन्। एसएलसी दिएपछिको विदाका बेला एउटा म्युजिकि भिडियोमा खेलेर नेपाली रंगमञ्चमा प्रबेश गरेकी सुष्माले यो आठ वर्षको अन्तरालमा निकै ठुलो उचाई बनाउन सफल भईसकेकी छिन्।

यस क्षेत्रमा पनि निकै संघर्ष गर्नुपरेको बताउँदै सुष्माले भनिन् – दर्शकको माया र परिवारको साथकै कारण आफु यसठाउँमा आईपुगेको छु। सेक्स प्राकृतिक नियम रहेको र सेक्स सबैलाई अपरिहार्य रहेको बताउँदै उनले आफ्नो शरिरको आँखा नै सबैभन्दा सेक्सी अंग लाग्ने गरेको बताईन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved