धरानको सिटी कलेजमा बिबिएस दोश्रो बर्षमा अध्ययनरत सोनेता दाहाल मोडलिङमा रुची राख्छिन। धरान ५ घर भएकी सोनेता नृत्यमा पारंगत छिन। गायन र भ्रमणमा रुची राख्ने उनलाई उत्कृष्ट बेली डान्स गर्न आउँछ।

नेपालका दुर दराजका सबै ठाउँ घुम्न मन गर्ने भर्खरै २०बसन्त पार गरेकी सोनेताको जन्मस्थान संखुवासभाको खराङ्ग हो। आँफुलाई हालसम्म सिंगल नै बताउने सोनेताको सडक बालबालिकाको अवस्था देखेर उनिहरुको लागि काम गर्ने लक्ष्य राख्छिन। उनिहरुको लागि शिक्षा स्वास्थ्यमा काम गर्ने योजना बनाएकी दाहाललाई प्रेम प्रस्ताव नआएका हैनन्। थुप्र्रै प्रस्तावहरु आएको भन्दै सोनेताले करिअरलाई प्राथमिकता दिएको बताउछिन।

खेलकुदमा बिशेष रुची राख्ने सोनेता भारतमा हुर्किएकी हुँदा नेपाली बोल्न र बुझ्न अफ्ठेरो पर्छ, सोही कारण कहिले काँही समस्यामा पनि पर्छिन उनि। धरानमा नै डान्स क्लास, जिम क्लास लिईरहेको बताउने सोनेता यो क्षेत्रमा प्रवेश गर्न भारतीय सेनामा कार्यरत दाजु ज्ञानबहादुर दाहालको पूर्ण सहयोग रहेको बताउँछिन।

मिष्टर एण्ड मिस इण्डिया २०१६मा उत्कृष्ट पाँचमा पर्न सफल सोनेताले प्रतियोगितामा मिस फोटोजेनिकको टाईटल प्राप्त गरेकी छिन। मिस कोशी २०१७ मा सेकेण्ड रनर अप हुँदै मिस ट्यालेन्टको उपाधी प्राप्त दाहालको हेराईमा जो कोहि पागल हुने गर्दछ।

बैँकक्मा भएको मिस टिन इन्टरनेशलन उत्कृष्ट सातमा पर्दै मष्ट चार्मिङ अफ द इयर २०१७ बनेकी सोनेताको रिजाल्स भिजन इटहरीमा बर्षा श्रेष्ठको मेकअपमा टिका लिम्बुको सहयोगमा स्टुडियो ९७७ का बिषप ताम्राकारले तस्विर खिचेका हुन। soneta 4 soneta 3 soneta 7 soneta 6 soneta 2 3 soneta 7 1