इटहरी/ इटहरीका ब्यवसायी प्रदिप सन्थलिया बिराटनगरमा सम्मानित हुनुभएको छ। सन्थलियाले गरेको समाज सेवाको उच्च मुल्यांकन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गर्नुभएको हो।

बिहिबार बिराटनगरमा शुरु भएको ट्राफिक सप्ताहको शुभारम्भको अवसरमा कोसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले गरेको संयुक्त कार्यक्रममा सन्थलिया सम्मानित हुनुभएको हो।

With CMअटो सिटी (बजाज शाे रुम) इटहरीका सञ्चालक सन्थलियाले नेपाल प्रहरीलाई एकपटक ४ वटा, एकपटक २वटा गरेर ६वटा इलेक्ट्रिक ट्याम्पो र एउटा मोटरसाइकल सहयोग गरिसक्नुभएको छ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्व डीएसपी बद्रिविक्रम थापासहित नेपाल प्रहरीलाई सहयोग गर्ने बिभिन्न सहयोगी संस्थाका पदाधिकारीहरु सम्मानित हुनुभएको छ।

With DIGअसार १२ गते समापन हुने ट्राफिक सप्ताहको शुभारम्भ अघि बिराटनगरका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थी, बिभिन्न संघ संस्थाका पदाधिकारीका साथै नेपाल प्रहरीको सहभागितामा प्रभात फेरी निकालिएको थियो। प्रभात फेरी बिराटनगरको रोडशेस चोकबाट शुरु भएर महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो।

bhim daiसडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी शुरु गरिएको ट्राफिक सप्ताहको यस बर्षको नारा तिव्र गति जीवन क्षती, ट्राफिक नियम जानौ पनि मानौ पनि, आफ्नो लेन चिनौ, सहि लेनमा हिडौं, सिट क्षमता भन्दा बढी यात्रा नगरौ भन्ने तय गरिएको छ।

कोसी प्रदेशका १४ वटै जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले बिशेष कार्यक्रमहरु गर्दै सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने छन्। 

मुख्यमन्त्री हिक्मत कार्कीले पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले सवारी दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई धन्यबाद दिदै ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहज हुने बताउनुभयो। 

hikmat daiउहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट ट्राफिक व्यवस्थापनका लागि बिभिन्न किसिमका सामग्रीहरु नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गर्नुभयो। 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ट्राफिक सप्ताहको सफलताको शुभकामनासहित धन्यवाद मन्तव्य राख्दै सवारी दुर्घटना न्युनिकरणको लागि प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने बिश्वास ब्यक्त गर्नुभयो। 

कार्यक्रममा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, राज्य मन्त्री सिर्जना राई, कोसी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, कोसी प्रदेशका डिआइजी चन्द्रकुवेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी सरोज पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु सहभागी हुनुहुन्थ्यो।