इटहरी/ इटहरी १मा सञ्चालित राष्ट्रिय माध्यामिक विद्यालयले गरेको रक्तदान कार्यक्रममा ५० जनाले रगतदान गरेका छन्। अभिभावक, शिक्षक, बिद्यार्थी, स्काउटका सदस्य र स्थानीयबासी गरि ५० जनाले रगतदान गरेका हुन्।

बिरामी वा समस्यामा परेका व्यक्तिलाई रगत दिनुपरेमा रक्तदान गर्नुपर्छ भनेर बिद्यार्थीलाई ज्ञान दिन बुधबार इटहरी १मा सञ्चालित राष्ट्रिय माविले रक्तदान कार्यक्रम गरेको हो। मरणावस्थामा रहेका बिरामीलाई रगत दिनु परेमा रक्तदान नै एक मात्र उपाय हो।

नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रम तन्दुरुस्त व्यक्तिको शरीरको रगतको केही अंश कुनैपनि बिरामी व्यक्तिलाई नयाँ जीवन प्राप्त गर्ने र  धर्म एवं सेवा गर्न विद्यार्थीलाई सन्देश प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको बिद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताउनुभयो।

मानव शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रुपमा हुने र खेर जाने रगत नियमित रुपमा रक्तदान गर्नुपर्ने ज्ञान पनि सानो कक्षाका बिद्यार्थीलाई ज्ञान प्राप्त भएको रक्तदानमा सहभागी डिप्लोमा इन सिभिल इन्जिनियरिङ्की छात्रा डम्बरकुमारी कटवालले बताउनुभयो।IMG_2रक्तश्रापका बिरामी, प्रसूती, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ। वर्षातको समयमा विभिन्न विपत्ती सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताउनुभयो।

रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी युथ ओपन क्रिउको संयुक्त आयोजनामा भएको थियो। 

इटहरी १ का वडाध्यक्ष कैलाश कार्कीको प्रमुख आथित्यता र बिद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी, राजनीतिक दलका नेतालगायतको सहभागिता थियो। 

रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी तरहराको अगुवाईमा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग थियो।