इटहरी/ नेपाल प्रहरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इटहरीमा कार्यरत सुरज भुजेल बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। प्रहरी सहायक हवल्दार भुजेल बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन्।

प्रहरीको बिभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै भुजेल सम्मानित भएका हुन्। 

यहि बैशाख ३ गते इटहरी ४ बुढिगंगा मुक्तिघाटमा इलामको पशुपतिनगर घर भएका बिनोद तामाङलाई धरान १३ बस्ने २० बर्षीय अनिल तामाङले हत्या गरी फरार भएकोमा भुजेलले बैशाख १२ गते धरान १३बाट प्रहरी सहायक हवल्दार भुजेलले पक्राउ गरेका थिए।

यस्तै गएको चैत्र १२ गते इटहरी १ बस्ने २१ बर्षीय सन्देश निरौलालाई इटहरी ९बस्ने १९ बर्षीय पासाङ तामाङले खुकुरी प्रहार गरी फरार रहेका र पासाङलाई प्रहरी सहायक हवल्दार भुजेलले बैशाख २३ गते झापाको शिवसत्ताक्षी नगरपालिका ७स्थित पासाङ्गकै घरबाट पक्राउ गरेका थिए।

यस्तै प्रहरी सहायक हवल्दार भुजेलले बिभिन्न मितिमा लागूऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएका थिए। यिनै कामहरुको मुल्यांकन गर्दै कोसी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सहायक हवल्दार भुजेललाई बैशाख महिनाको सर्वोकृष्ट प्रहरी घोषणा गरेको हो।

यस्तै कोसी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान सम्शेर बहादुर मगर पनि बैशाख महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन्।

प्रहरी जवान मगरले नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ र नेपाल प्रहरीको बाधापार अभ्यास सम्बन्धी मापदण्ड २०७८ मा तोकिएको मापदण्ड अनुसार हालै सम्पन्न भएको बाधापार ईभेन्ट्स निर्माणलगायत प्रशिक्षण एवं भौतिक पूर्वाधारको स्तरोन्नतिमा तोकिएका अन्य कार्यहरू सम्पन्न गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको, प्रहरी जवानको पदको भर्ना छनौट परीक्षामा दिइएको जिम्मेवारी र कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालित विभिन्न प्रकृतिका सेवाकालीन तालिमहरूमा बाह्य प्रशिक्षकको रूपमा खटि लगनशील र अनुशासित भई आफ्नो पदिय जिम्मेवारी कुशलतापूर्वक उत्कृष्ट तवरले सम्पादन गरेको भन्दै बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ्घले बताउनुभएको छ।

police