भोजपुर \ ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र भोजपुरले नव निर्मित भवनबाट सेवा विस्तार गरेको छ । स्थानीय केदारनाथ श्रेष्ठ र कुमार तामाङ सग सशुल्क किनेको ८ आना जग्गामा करिब ५० लाख लागतमा नया भवन निमार्ण पश्चात औपचारिक कार्यक्रम गरी आज देखी गृह प्रवेश सँगै सेवा सञ्चालन गरेको हो ।

सोहि अवसरमा राजयोगलाई विभिन्न समयमा सहयोग गर्ने संविधान सभा सदस्य कुमारी लक्ष्मी राई,जगादाता केदारनाथ श्रेष्ठ, कुमार तामाङ र लीला श्रेष्ठलाई अभिनन्दन तथा सम्मा गरिएको छ ।  गृह प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले जिल्लामा ब्रह्माकुमारी राजयोगले सञ्चालन गरेको आधात्यामीक ज्ञानले समाजमा सकारात्मक चेतना विस्तार तथा राजयोग ध्यानले स्वास्थ्यमा फाइदा पुगेको बताउनुभयो । 

कोसी प्रदेशकी प्रमुख ब्रह्माकुमारी गीता दिदीको अध्यक्षतामा भएको गृह प्रवेश कार्यक्रममा  भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संविधान सभा सदस्य कुमारीलक्ष्मी राई, प्रमुख जिल्ला अधिकारी नारायण प्र सापकोटा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरू, ब्रह्माकुमारीको नियमित कक्षा लिने विद्यार्थीहरु, सदरमुकामका स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्र भोजपुरले विगत १५ बर्सदेखि आधात्यामीक ज्ञानका साथै राजयोगको सेवा प्रशिक्षण दिँदै आएको उपसेवा केन्द्र भोजपुरकी सञ्चालिका ब्रह्माकुमारी चाँदनीले जानकारी दिनुभयो ।