इटहरी / इटहरीको बजार अनुगमनमा लेवल नराखी बेकरी जन्य सामाग्रीहरु उत्पादन गर्ने गरेकाे भेटिएकाे छ । 

लेवल नराखी वेकरी जन्य सामाग्री उत्पादन गर्ने   एक उद्याेगमा  उपमहानगरले ताला लगाएको छ ।  

आज(सोमबार) इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा वेकरी उद्याेगहरुमा  अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा लेवल नगरीएका अब्यबस्थित ढङ्गले  बिक्रीका लागि राखिएको पाउराेटी भेटिएकाे थियाे । इटहरी ६ मा रहेकाे न्यु माेर्डन पाउराेटी उद्याेगले विना लेवल बेकरी सामाग्रीहरु विक्री गरेकाे  भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।  

न्यु माेर्डन पाउरोटी उद्याेग इटहरी ६ ,ओम श्री गुरु पाउराेटी उद्याेग इटहरी ६ , विष्णु पाउराेटी उद्याेग इटहरी ९ , मयुक बेकरी एण्ड केक  सप इटहरी ९ , शुशिला किराना पसल इटहरी ९ र सुरेन्द्र मार्केटिङ्ग इटहरी ६ गरि ६ वटा बेकरी उद्याेगहरुमा अनुगमन गरेकाे थियाे । 

अनुगमनकाे क्रममा १ वटा उद्याेगमा ताला लगाईएकाे र ४ वटा उद्याेगहरुलाई कागज पत्र सहित उपस्थित हुन निर्देशन दिइएकाे  इटहरी  उपमहानगरपालीका सुचना अधिकृत ओसन चाैधरीले बताए । 

बजार अनुगमनका क्रममा भेटीएका ५० थान  वेकरीहरु नष्ट गरीएकाे अधिकृत चाैधरीले जानकारी दिए।