इटहरी/ बिभागीय टिम त्रिभुवन आर्मी क्लव काठमाण्डौ बिर्तामोड युनाईटेड क्लव झापालाई ट्राईब्रेकरमा हराउँदै १४ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। इटहरी रंगशालामा सोमबार राती भएको तेश्रो क्वाटर फाईनलमा ट्राईब्रेकर ३–२ले रोक्दै सेमिफाईनल प्रवेश गरेको हो।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। गोल रहित बराबरीमा सकिएको पहिलो हाफमा थुप्रै अवसर प्राप्त भएपनि दुवै टिमबाट कुनै गोल हुन सकेन्।

army

दोश्रो हाफको ३८औँ मिनेटमा आर्मीका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा झापाका जर्सी नम्बर ९का खेलाडी आशिष चापागाँईले गोल गर्दै खेललाई १–०को अग्रता दिलाएका थिए। मध्यान्तर पछिको ३८मिनेट पछि खेल निकै घम्साघम्सी पूर्ण चलेको थियो। खेलको अन्तिम समय सम्म झापा गोल थप्दै जित सुनिश्चत गर्न चाहन्थ्यो भने आर्मी गोल गरेर बराबरी गर्न चाहन्थ्यो।

army

यसैक्रममा इन्जुरी टाईममा झापाका खेलाडीले फउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो। सोहि समयमा झापाका जर्सी नम्बर ५का खेलाडी दिवस उरावले रेफ्रिसँग बिवाद गरेपछि रेफ्रि श्याम दनुवारले रेडकार्ड दिएर मैदान बाहिर पठाएका थिए। पेनाल्टीलाई आर्मीका जर्सी नम्बर १८का खेलाडी नवयुग श्रेष्ठले सुन्दर गोल गर्दै खेललाई बराबरी बनाएसँगै खेल सकिएको थियो। 

darsak

अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल बनेको आर्मीका लागि ट्राईब्रेकरमा आर्मीका लागि जर्सी नम्बर १९का जितेन्द्र कार्की, जर्सी नम्बर १८का नवयुग श्रेष्ठ र जर्सी नम्बर ३६का फत्तेमान घलेले गोल गरेका थिए भने जर्सी नम्बर १४का कमल थापाले प्रहार गरेको बल झापाका गोलरक्षक बिवेक मगरले रोकेका थिए।

darsak 2

यस्तै झापाका जर्सी नम्बर ३२का बिशाल दर्जी, जर्सी नम्बर ८का मौसल सुब्बाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने जर्सी नम्बर ६का बिवेक पौडेलले प्रहार गरेको बल आर्मीका गोलरक्षक बिकेश कुथुले रोकेका थिए भने जर्सी नम्बर १९का देवेन्द्र तामाङ्गले प्रहार गरेको बल आउट भएको थियो।

तेश्रो क्वाटर फाईनल खेलको म्यान अफ द म्याच आर्मीका गोल रक्षक बिकेश कुथु घोषित हुँदै नगद १० हजार रुपैँया र मेडल प्राप्त गरेका छन्। कुथुलाई महासेनानी दिवकर राणा र अन्य अतिथिहरुले पुरस्कृत गरेका थिए।

bikesh

मंगलबारको चौथो क्वाटरफाईनल खेल चर्चब्वाईज युनाईटेड काठमाण्डौ र एनआरटि फुटबल क्लव काठमाण्डौका बीच साँझ साढे ६बजे शुरु हुनेछ। 

man of tha match

प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।

voliko khel

तस्विर सौजन्य: गुरु ढकाल