खोटाङ / वनमा लागेको डढेलो गाउँ पस्दा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो स्थानीय सल्ले पोखरी पाखा सामुदायिक वनमा लागेको डढेलोले सल्लेस्थित मगरगाउँका घर र मतानहरु जलेर खरानी भएका हुन् ।

डढेलोले मदनकुमार थापा, खगेन्द्र विक, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा र झनबहादुर थापाको घर र मतान जलेर नष्ट भएको हो ।  भेषबहादुर रानाको घर र योगबहादुर रानाको मतान जलेर खरानी भएको हो ।

डढेलो नियन्त्रण गर्न हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राई,वडाध्यक्ष स्थानीयवासी नेपाल प्रहरीलगायतको टोलि आगलागि भएको स्थानमा पुगेका छन् । हाल जङ्गलमा आगलागी भै रहेको छ । डढेलो नियन्त्रण गर्ने प्रयास भइ रहेपनि नियन्त्रणमा नआएकाले सल्ले पोखरी आसपासका घरहरु जोखिममा  रहेको बताइएको छ।