इटहरी/ आयोजक राष्ट्रिय जागृति १४ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। इटहरी रंगशालामा आईतबार राती भएको दोश्रो क्वाटर फाईनलमा पाहुना टिम कञ्चनजङ्घा फुटबल क्लब भारतलाई ट्राईब्रेकरमा रोक्दै सेमिफाईनल प्रवेश गरेको हो।

निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। पहिलो हाफको १३औँ मिनेटमा कञ्चनजङ्घा फुटबल क्लबका जर्सी नम्बर ७का पुजन सुब्बाले गोल गर्दै खेललाई १–०को अग्रता दिलाएका थिए। पहिलो हापमा आयोजकले निकै प्रयास गरेपनि गोल लगाउन सकेन्। पहिलो हाफको अतिरिक्त समयमा आजको खेलको पहिलो यल्लो कार्ड आयोजकका जर्सी नम्बर १०का समिर राईले पाएका थिए।

bijetaअन्तिम चारमा स्थान सुरक्षित गर्न सफल बनेको आयोजक राजा क्लवका लागि दोश्रो हाफको ३९औँ मिनेटमा गोल गरेपछि खेल १–१को बराबरी भएको थियो। बाँकी रहेको समयमा दुवै टिमबाट सक्दो प्रयास गरेपनि गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेएिको हो।

ट्राईब्रेकरमा आयोजकका तर्फबाट जर्सी नम्बर १७का सुमित चौधरी, जर्सी नम्बर ३का प्रवेश दनुवार, जर्सी नम्बर २०का बिशाल भण्डारी, जर्सी नम्बर ८का उमेश कार्की र जर्सी नम्बर १८का नेपोलियन गोल गरेका थिए।

यस्तै कञ्चनजङ्घा फुटबल क्लब भारतका तर्फबाट जर्सी नम्बर ११का अनिस राई, जर्सी नम्बर ७का पुजन सुब्बा, जर्सीनम्बर ७का पुजन सुब्बा, जर्सी नम्बर ३का अभिशेक लामा र जर्सी नम्बर २का सोरेनले गोल गरेका थिए भने जर्सीनम्बर १०का आर्यन तामाङ्गले पोल मार्थी प्रहार गरेका थिए। 

आजको खेलको म्यान अफ द म्याच आयोजकका नेपोलियन घोषित भए। उनले नगद १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्। 

man of the match 1सोमबारको तेश्रो क्वाटरफाईनल खेल बिभागीय टिम त्रिभुवन आर्मी क्लव काठमाण्डौ र बिर्तामोड युनाईटेड क्लवका बीच साँझ साढे ६बजे शुरु हुनेछ।

voli ko khel

प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।