इटहरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ। यसबर्षदेखी रात्रीकालिन समयमा शुरु गरिन लागेको गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको हो। 

शनिबार हुने उद्धघाटन खेलमा बिभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुदैछ। प्रतियोगिता इटहरी रंगशालामा सांझ साढे ६बजेपछी फ्लड लाइटमा शुरु हुने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीले जनाएको छ। 

एक सातासम्म चल्ने गोल्डकपमा एक भारतीयसहित नेपालका ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिनुभयो।

itahari rangasala 2

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिने छ। बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन्। गोल्डकपलाई आगामी बर्ष पनि रात्रीकालिन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिनुभयो।

जसका लागि गत अर्थिक बर्षमानै इटहरी रंगशालामा फ्लर्ड लाईट जडान गरिएको थियो। रंगशालाको उत्तर र दक्षिण तर्फको कुनामा लाइट जडान गरिएको छ। रंगशालामा लाईट जडानका लागि कोसी प्रदेश सरकार खेलकुद बिकास बोर्डले गत आर्थिक बर्षमा ८०लाख रुपैया बजेट उपलब्ध गराएको थियो।

चालु आर्थिक बर्षमा थप रकम उपलब्ध नभएकाले बाँकी लाइट अस्थायी रुपमा जडान गरिएको छ।