पथरीशनिश्चरे/ मोरङ्गको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलिमा सोमबार राति भएको युवति हत्यामा संलग्न रहेको भन्दै मोरङ्ग प्रहरीले चार घण्टा नबित्दै धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले मोरङ्गको ग्रामथान बस्दै आएका चौधरीलाई पक्राउ गरेको हो।

बाराको जितपुरसिमरा बस्ने गरेका धिरेन तीन महिना यता मोरङ्गको ग्रामथान बस्दै आएका थिए। चौधरीले सोमबार राती करिव साढे १०बजेतिर पथरीशनिश्चरे ७ लामाटोलिस्थित दाजुको घरमा बस्ने १५ बर्षीया सञ्जना भन्ने ज्ञानमती थुलुङ राईलाई ट्वाईलेट जाने क्रममा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको मोरङ्ग प्रहरीले जनाएको छ।

भाउन्नेको जंगलबाट समातिए धिरेन 

धिरेनलाई प्रहरीको बिशेष अनुसन्धान टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगतको मोरङ्गको भाउन्ने सडक खण्डको जंगलबाट नियन्त्रणमा लिएको मोरङ्ग प्रहरीले जनाएको छ।  

घटनास्थलमा शव भएको पुर्ब तर्फ तरकारी रोप्न तयार गरेको बारीमा पैतलाको डामलगायतका दशिहरुबाट धिरेनले हत्या गरेर फरार भएको पुष्टि भएको मोरङ्ग प्रहरीले जनाएको छ।

सुचना पाएको ४ घण्टामा नै पक्राउ परे धिरेन

घटनाको जानकारी प्राप्त भएको ४ घण्टामा नै प्रहरीले धिरेन खाँ चौधरीलाई मंगलबार बिहान साढे २बजे बेलबारी नगरपालिकामा पर्ने भाउन्नकोे जंगल एरियाबाट पक्राउ गरेको हो।

घटनाको जानकारी पाउने बित्तिकै तत्काल अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरीबाट टोली परिचालन गरिएको र घटनाको थप अनुसन्धानको लागि रातिनै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको कमाण्डमा घटनास्थलमा प्रहरी परिचालन गरिएको अनि घटनाको गम्भिरतालाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि परिचालित थियो।

धिरेनसँग सम्बन्धित अन्य बिषयमा बिस्तृत अनुसन्धान भईरहेको मोरङ्ग प्रहरीले जनाएको छ।

सञ्जना खोटाङको ऐंसेलुखर्क गाउँपालिका ६ सल्ले घर भएर हाल पथरीशनिश्चरे ७ स्थित दाजु नाता पर्ने बिनोद राईको घरमा बसेर पथरीको पञ्चायत माबिमा ७ कक्षामा अध्ययनरत थिईन। सोमबार राति सवा १०बजेतिर सौच गर्न ट्वाईलेट गएको बेला सञ्जनाले ऐया भनेको सुनेर बाहिर निस्किँदा गड्याङगुडुङ आवाज सुनेको र बाहिर गएर हेर्दा  सञ्जना ढलिरहेको देखेको मृतकका दाजु बिनोदले प्रहरीलाई जानकारी गराएका थिए।

प्रेममा थिईन सञ्जना

प्रहरी अनुसन्धानमा मृतक सञ्जना केहि समयदेखि एकजना पुरुषको प्रेममा रहेको र एकपटक घरबाट भागेको र उनलाई बिराटनगरको रानी नाका हुँदै जोगवनी  जाने क्रममा मानब बेचबिखन बिरुद्ध सकृय एक गैरसरकारी संस्थाले फेला पारेर उद्दार गरी परिवारको जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ। परिवारको जिम्मा लगाएपछि पनि मृतक र ति पुरुष सम्पर्क रहेको भन्ने बुझिएको मोरङ्ग प्रहरीले जनाएको छ।

मृतक सञ्जनाको नाममा फेसबुक, इन्स्टाग्राम, इमोलगायतका सामाजिक सञ्जालमा आफ्नै एकाउण्ट खोलेर चलाउने गरेको अनुसन्धानका क्रममा देखिएको मोरङ्ग प्रहरीले जनाएको छ। परिवारका सदस्यलाई दुख दिने आसयले धिरेनले  फेसबुक म्यासेजमा बिभिन्न फोटोहरु पठाउने गरेको खुल्न आएको मोरङ्ग प्रहरीले जनाएको छ।