सिड्नी/ तामाङ सेलो र आधुनिक गित संगितमा आधा दर्जन भन्दा बढि गीतहरुमा स्वर भरि सक्नुभएका गायक सुवास लामाले सेलो भाकामा “आस्याङकी छोरी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ। लामाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत “आस्याङकी छोरी” सार्वजनिक गर्नुभएको हो।

subas

दोलखाको शैलुङ गाउँपालिका–२ घर भएका गायक लामा अष्ट्रेलिया बस्नुहुन्छ। प्रवासमा रहेर पनि नेपाली गित संगित र समाजका गतिविधिहरुमा निरन्तर सकृय रहनुभएका गायक लामाका देशभक्ति एशियाको आगानीमा नेपालीको घर, लोक भाकाको कली–कली पानी र तामाङ सेलो आङिला जामे जस्ता चर्चित गीतहरु छन्।

lama subas

हालै रिलिज गरिएको “आस्याङकी छोरी” बोलको गीतको रचना र संगित दिल तामाङ, एरेन्ज दिपेश प्रधान र भिडियो निर्देशन सुन्दर योञ्जनले गर्नुभएको छ भने म्युजिक भिडियोमा सम्राट अधिकारी, निक्की तामाङ र एल्मिना राईको अभिनय रहेको छ।s lama

उहाँको प्रेम भावमा आधारित सानु बोलको गीतको पनि निकट भविष्य मै म्युजिक भिडियो रिलिजको तयारी भईरहेको र सो गीतमा अनु चौधरीले फिमेल भोकल दिनुभएको लामाले जानकारी दिनुभएको छ। उहाँका सेलो गीतहरु तामाङ सेलो संगीतका पारखीहरु माझ चर्चित छन् भने लामा सेलो गायनमा लोकप्रिय कलाकार हुनुहुन्छ।

-हेम तामाङ्गले तयार पारेको सामाग्री