इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा गर्ने क्यान इन्फोटेककाे तयारी पुरा भएको छ ।

यहीँ फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि गर्ने इटहरीमा पत्रकार सम्मेलन गरेर इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । 

छैठौं पटक इन्फोटेक गर्न लागेको क्यानले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताउनुभयो ।

सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने अध्यक्ष राईले जानकारी गराए ।

इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उनले जानकारी दिएका छन् ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको  क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले जानकारी दिए । 

जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ । १ लाख ५० हजार सम्म   प्रदर्शनी हेर्न आउन सक्ने भएका क्यानका केन्द्रीय सचिव श्रेष्ठले बताउनुभयो । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।

उक्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको महासंघका सचिव शम्भु धमलाले जानकारी गराए ।

यस अन्तर्गत सर्वसाधारणका लागि रू. ५० र विद्यार्थीका लागि रू. २५ शुल्क तोकिएको छ। जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निस्शुल्क प्रवेश व्यवस्था छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने भएका  छन् ।