सुनसरी/ सुनसरीको इटहरी बुधबार शुरु भएको क्यान इन्फोटेकको दोश्रो दिन बिहीबार एकैदिन ३हजार भन्दा बढीले अवलोकन गरेका छन्। क्यान महासंघ सुनसरीले आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय इन्फोटेकमा बिहिबार ११ नीजि बिद्यालयका बिद्यार्थी इटहरीमा रहेका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले मेलाको अवलोकन गरेका हुन्।

८० वटा स्टल रहेको इन्फोटेकमा रोबोर्टहरूको भिडन्त, दौड, आइटी म्युजियमको व्यवस्था, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी बृहत प्रदर्शनी, सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी, कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज, सिसि टिभी, एन्टी भाइरसलगायत बिभिन्न आइटी प्रोडक्टहरुमा बिशेष छुटको व्यवस्था, स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता, कर्पोरेट स्टलको ब्यवस्था, स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको छ।

बिहीबार अवलोकन गर्न आएका बिद्यार्थीले सुचना प्रविधिको बिकासमा अहिले सम्म प्रयोग भएका यन्त्र तथा सामग्रीहरुको बिषयमा जानकारी लिएका थिए। त्यसैगरी इन्फोटेकभित्र राखिएका रकेट, बिद्यार्थीहरुले बनाएको रोर्बट, कृषी प्रयोजनको लागि राखिएको ड्रोनलगायत गेमिङमा घण्टौ रमाएका थिए।

आइटी क्षेत्रमा अहिले सम्म भएका बिकास र मानव जीवनमा पुग्ने फाइदा तथा असरबारे राम्रो ज्ञान पाइएको तरहरास्थित पूर्वाञ्चल सेकेन्डरी बोर्डीङ स्कुलका बिद्यार्थी समिर कार्कीले बताएका छन्।

त्यस्तै इटहरीका सामाजिक अभियन्ता राजु केसीले क्यान इन्फोटक भित्र रहेका सबै स्टलहरु पायक रहेको बताए। सुचना प्रविधिलगायत सिपमुलक बिषयमा स्थानीय तथा बाह्य पर्यटकलाई ज्ञान दिनु एक प्रकारको सेवा नै रहेको केसीको भनाई छ।

ड्रोनमा बेग्लै आकर्षण
बिशेषगरी एक पटकमा २५किलो सम्मको वजन बोक्न सक्ने ड्रोन अवलोकनकर्ताहरुको मुख्य आकर्षण बनेको छ। मधुका ड्रोन सर्भिसले मेलामा राखेको ड्रोन कृषी प्रयोजनकालागि उत्तम मानिएको छ। २० मिनेटको अन्तरमा १० हेक्टर जमिनमा किटनासक औषधी, बिउ, पानीलगायत छर्न सक्ने वा काम गर्न सक्ने क्षमता भएको ड्रोनको नेपाली मुल्य ७ लाख रुपैँया पर्ने र जस्तै नजान्ने कृषकले पनि यसलाइ सजिलै मोबाइलको जिपिएस प्रयोग गरेर चलाउन सक्ने जनाईएको छ। can info 23 1

एकहल गोरू किन्न नसक्ने अवस्थामा रहेका कृषकहरूकालागि ड्रोन कल्पना भन्दा बाहिरको रहेको तर यसमा पनि बिपन्न बर्गका कृषकलाई सर्वसुलभ मुल्य तोकेर भाडामा दिने ब्यवस्था पनि मिलाइएको मधुका ड्रोन सर्भिसका प्रबन्ध निर्देशक सम्भु शंकर शिवाकोटीले बताउनुभयो। ५० जनाले घण्टौ लगाएर गर्ने काम १० मिनेटमै सक्ने ड्रोनको स्टल बि ७ मा रहेको छ।

रकेटमा त्यति कै भिड
क्यान इन्फोटेक अन्तरगतका स्टलहरु मध्ये रकेट प्रदर्शनी पनि उत्तिकै लोकप्रीय बनेको छ। दोश्रो बिश्व युद्ध हुँदा रकेटको प्रयोग कसरी भएको थियो र अहिले अन्तरिक्षमा यसको महत्वको बिषयमा अवलोकन गर्न आउने बिद्यार्थी तथा स्थानीय व्यवसायी र सामाजिक ब्यक्तित्वहरूले निशुल्क ज्ञान प्राप्त गरेका थिए।

पहिलो दिनदेखि नै अवलोकनकर्ताहरुको रोजाइमा परेको रकेट दोश्रो दिन पनि अवलोकन गर्नेहरुको भिड बढ्दो छ। रकेटसँगै टेलिस्कोप, दुर्विन, साइन्स ल्याव इकोवमेन्ट, माइक्रोस्कोपलगायत प्रदर्शनीमा राखिएका सामग्रीहरु अवलोकनकर्ताहरुको रोजाइमा परेको छ।

सो स्टललाइ नेश्नल इञ्जिनियरिङ अट्रोनेभिकल रिसर्च सेण्टरले प्रदर्शनीमा राखेको छ। यसको स्टल मुख्य स्वागत गेटबाट बि को ७,८,९ नम्बरमा रहेको छ।

मान्छेसंग बोल्ने रोबर्ट
इन्फोटेक मेलाभित्र मान्छेसँग प्रत्यक्ष बोल्ने रोबर्ट पनि बिशेष आकर्षणमा परेको छ। बिहीबार सो स्टलमा बाक्लो भिड देखिएको थियो। इटहरीस्थित नमुना कलेजका बिद्यार्थीले निर्माण गरेको सो रोबर्ट मान्छेसँग प्रत्यक्ष कुराकानी गर्न सक्छ। बिद्यार्थीले कलेज, बिद्यालय अफिस तथा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न सक्ने गरी विशेष किसिमको प्रविधि जडित रोबोट बनाएका हन्। can info 2 1

सो रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने रोवर्टको आविस्कारक बिद्यार्थी प्रदिप शर्माको भनाइ छ।
बिद्यार्थीले आफ्नै कलेजको सहयोगमा बिभिन्न खालका नयाँ–नयाँ प्रबिधियुक्त सामाग्रीहरु निर्माण गरिरहदा एक नयाँ रोबर्ट उत्पादन गरेका हुन्।

बिद्यार्थीहरूले बनाएको रोबर्ट हेर्नको लागि र प्रत्यक्ष कुराकानी गर्नको लागि मुख्य स्वागत गेटबाट एफ६ स्टल पुग्नैपर्ने हुन्छ।