काठमाडौं । दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको आईसीसी विश्वकपको समूह चरणमा आफ्नो अन्तिममा खेलमा नेपालले आज अफगानिस्तासँगको समना गर्दै छ ।

समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ।

समुह ‘डी’को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।

प्रत्येक समूहका शीर्ष ३–३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह ‘डी’ को शीर्ष ३ टोलीले भारत रहेको समुह ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।