ताप्लेजुङ / प्रतिबन्धित लागूऔषध खैरो हेरोईनसहित ताप्लेजुङबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ३ घर भएका ३१ वर्षीय सुवासचन्द्र दाहाल र सोही वडा बस्ने २५ वर्षीय योगेश भारती रहेका छन् ।

खैरोहेरोईनजस्तो देखिने ४० मिलिग्राम ९४ ग्राम पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीले जानकारी दिए ।

उनका अनुसार प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध खैरोहेरोईन फेला परेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।