भोजपुर / राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा भएको खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी सुरज राना मगरको टिमले जितेको छ ।

बुधवार भएको फाइनल प्रतियोगितामा चन्दन कटुवाल र मुमिहाङ राईको टिमलाई हराउँदै सुरज र खगेन्द्र राईको टिम बिजेता बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले फागुत ७ गतेबाट बी डिभिजन स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा बिजेता टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको टिमले नगद ११ हजार एक सय ११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएको आयोजक युवा संघ नेपालका भोजपुर इन्चार्ज ज्ञानेन्द्र राईले बताए । सदरमुकाममा रहेको कर्भड हलमा संचालन भएको प्रतियोगितामा १९ टिमको सहभागिता थियो ।

प्रतियोगिता समापन समारोहमा भोजपुरबाट ब्याडमिन्टनका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका ख्याती प्राप्त खेलाडी सहित चौध जनालाई यसवा संघले सम्मान समेत गरेको छ ।