काठमाडौं / सरकारले घरेलु मदिरालाई ब्राण्डङ गनेृ भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएका हुन्।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।