काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् । ब्रेकअपका समाचारले उनलाई केही तनाव दिए पनि गीतलाई भने फाइदा पुगेको देखिन्छ ।

उनको भर्खर सार्वजनिक भएको गीत ‘कट्टा हानिदिन्छु’ सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङमा आउन सफल भएको छ । ओबी रायमाझीको युट्युब च्यानलबाट सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ४४ हजार भिउज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न सफल भएको हो । 

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत रहेको गीतमा एलिनाको अलवा सङ्गीतकार सेन्चुरीकै स्वर रहेको छ । डान्सिङ नम्बरका रूपमा सार्वजनिक गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ ।

प्रेमिकाले प्रेमीलाई धोका दिएर कट्टा हान्ने कुरा गरिएको गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।