इटहरी/ स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरी उप–महानगरपालिका काठमाण्डौ महानगरपालिका र धरान उप-महानगरपालिका भन्दा उत्कृष्ट अंक प्राप्त गरेको छ। 

संघीय सरकारद्वारा आगामी आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई बिनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक बर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(लिजा)मा इटहरीले औषत ८१,२५प्रतिशत अंक हाँसिल गर्दा काठमाडौं महानगरपालिकाले ७८.५०प्रतिशत अंक प्राप्त गरेको छ भने नेपालको छिमेकी नगर धरान उप–महानगरपालिकाले ७१,५०प्रतिशत अंक प्राप्त गरेको छ।

गत बर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गर्दै इटहरी उप-महानगरले उत्कृष्ट अंक हाँसिल गरेको थियो। गत बर्षको तुलनामा यो बर्ष इटहरी उप-महानगरले लिजा मुल्यांकनमा इटहरीले प्रगती गरेको छ। मुल्यांकनका बिभिन्न १० वटा बिषयक्षेत्रमा इटहरी उप–महानगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अंक बढाएको छ।