इटहरी । केही दिनदेखि बढेको चिसोका कारण इटहरी सहित सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण इटहरी लगायत सुनसरीका बिभिन्न सहरका जनजिवन प्रभावित बनेका हुन ।मंगलबार माैसम खुल्ला रहेपनि चलेकाे चिसाे हावाका कारण जिल्लाकाे जनजिवन प्रभावित बनेकाे हाे । 

चिसोका कारण इटहरी, धरान, बराहक्षेत्र, इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी,  हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने ज्येस्ठ नागरिक , नवजात शिशु बढी जोखिममा रहेकाे पाइएकाे छ । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानिय मज्दुरहरू बताउछन ।

४१ थान कम्बल हस्तान्तरण

केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयले गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अतिविपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य सङ्घले २१ थान र नेपाल–भारत मैत्री सङ्घले २० थान कम्बल वितरण गरेका सङ्घका उपाध्यक्ष गिरिजा अटलले बताए ।