एजेन्सी । साउथ इन्डियन फिल्म ‘हनुमान’ ले बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । सिनेमा हलमा रिलिज भएको चार दिन भैसकेको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्दै गएको छ । अब प्यान इन्डियन फिल्म ‘हनुमान’ ले तीन दिनमा साउथका तीन ठूला फिल्मको रेकर्ड तोडेको छ ।

उत्तर भारतमा फिल्मले कमाइको हिसाबले ‘पुष्पाः द राइज’, ‘केजीएफ : च्याप्टर १’ र ‘कान्तारा’ को हिन्दी संस्करणलाई पछाडि छोडेको छ । ‘हनुमान’ ले उत्तर भारतमा १२.२६ करोड कमाएर यो रेकर्ड तोडेको हो । यससँगै यो फिल्म उत्तर र दक्षिण भारतमा ब्लकबस्टर बनिरहेको छ । मात्र २५ करोडमा बनेको फिल्म ‘हनुमान’ले पहिलो दिन भारतीय बक्स अफिसमा ८.०५ करोड कमाएको थियो । फिल्म शुक्रबार बक्स अफिसमा आएसँगै दर्शकको भिड देखिएको छ । जहाँ विश्वभर यो संख्या २० करोड नाघेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको दोस्रो दिन देखि धमकेदार सुरुवात गरेको हो । दोस्रो दिन विश्वभर करिब १४ करोड कलेक्सन गरेको थियो । फिल्मका निर्देशक प्रशान्त वर्माले फिल्मको उत्कृष्ट कम्प्युटर इमेजिङ ग्राफिक्स र स्पेशल इफेक्टलाई हैदरावादमा काम गर्ने केही युवाहरुले मिलेर निकै कम बजेटमा तयार पारेको बताएका छन् । यसको कथा यस्तो ठाउँमा समाप्त हुन्छ, जहाँ यसको सिक्वेल फिल्म ‘जय हनुमान’ सुरु हुनेछ ।