काठमाडौँ । कलाकार नीरु खड्काको लेखन निर्देशन रहेको नाटक ‘शान्तिको साथ’ मञ्चन भएको छ । मंगलबार साँझ राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको नाटकमा दर्शकको राम्रो साथ रहेको थियो ।

शान्ति फाउन्डेसनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा मञ्चन भएको नाटक ‘शान्तिको साथ’ ले ‘मानव बेचबिखन’ र ‘साइबर स्लेभरी’ को मुद्दा उठाएको थियो ।

करिब एक घण्टाको नाटकमा लोकेन्द्र लेखक, दीपमाला परियार, सन्देश लामिछाने, चन्द्रा थापा, नमस्ते दिवाकर घिमिरे लगायतको अभिनय रहेको थियो ।

काठमाडौँ महानगरपालिकाको योजना अनुसार मञ्चन भएको नाटक काठमाडौँको टोल टोल र गाउँ गाउँमा पनि लैजाने तयारी छ । पछिल्लो समय सिरियल अभिनयबाट बाहिर रहँदै आएकी निरुले करिब दर्जन बढी नाटक निर्देशन गरिसकेकी छन् । 

क्रियटिभीटी गर्ने कलाकारका लागि नाटक राम्रो भएको निरु बताउँछिन् । बाहिर देखिने संसारलाई आफ्नो संसारमा ढालेर नाटकमार्फत सन्देश दिन पाइने उनको भनाइ छ ।