अनिल बुढा मगरको कथा र निर्देशन रहेको फिल्म 'घरज्वाइँ' को प्रदर्शन मिति तय भएको छ।यो फिल्म आगामी वर्षको असार २८ गते रिलिज हुने पक्का भएको हो। निर्माणटिमले एकपोस्टर सेयर गर्दैँ फिल्मको प्रदर्शनमितिबारे जानकारी दिएको हो। जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिकामा रहेका छन्। 

फिल्ममा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाको लेखन छ। फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले,  शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, बिबेश बुढा मगर र सुनिल मगर लगायतको अभिनय छ। सुसन प्रजापतिले खिँचेको फिल्मको छायाङ्कन पुर्वी रुकुम र तकसेरा ठाउँहरुमा गरिएको हो।जि.एम. मुभिज प्रोडक्सनबाट निर्माण भएको फिल्मको नेपाल प्रदर्शन वितरक कम्पनी आर आर फिल्मस्ले गर्नेछ।