एजेन्सी- बलिउड नायिका दीपिका पादुकोणको कपला निकै सुन्दर र आकर्षक छ। उनी जति राम्री र वेल मेन्टेन छिन् उनको कपाल पनि त्यतीकै मिलेको छ।उनी जहाँ जान्छिन् उनको सुन्दरतासँगै कपालको सुन्दरताका बारेमा पनि त्यति नै चर्चा हुन्छ। कपाललाई सुन्दर र स्वस्थ राख्न दीपिका के गर्छिन त। पढ्नुहोस् उनको कपाल सुन्दरता राख्ने मन्त्र उनकै शब्दमा :म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु। कपाललाई स्वस्थ राख्न म हरेक हप्ता टाउकोको मसाज गर्छु।

नरिवलको तेलले सानै उमेरदेखी कपाल मसाज गर्नु नै मेरो स्वस्थ कपालको राज हो। कसैले मलाई कपालको स्वस्थताको मन्त्र के हो भनेर सोध्यो भने म यही जबाफ दिन्छु। यस्का अलवा आफ्नो शरिर पनि स्वस्थ राख्न जुरुरी छ। प्रशस्त मात्रामा फलफूलहरु खाने र शन्तुलित भोजन गरेमा कपाल स्वस्थ हुने गर्छ।