इटहरी/ द बिहानी डान्स एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको इटहरी डान्सिङ आईडलबाट फाईनलका लागि २०जना छनौट भएका छन्। मंगलबार भएको सेमिफाईनलबाट सिनियर तर्फ ७ जना र जुनियर तर्फ १३जना छनौट भएका हुन्।

२०जना सिनियर तर्फका प्रतिस्पर्धी रहेकोमा भुएस मिश्र, नुमा लिम्बु, मनिष थापा, करिना गिरी, प्रितिका बस्नेत, सिम्रन तामाङ्ग, रिहाना लुईटेल फाईनलका लागि छानिएका हुन्।

यस्तै २५जना जुनियर तर्फका प्रतिस्पर्धी रहेकोमा युनिसा थापा मगर, श्रेया लिम्बु, चाहाना राई, सेनाज बुलान, कृष्टिना श्रेष्ठ, प्रिनिशा कुँवर, अग्निशिखा पौडेल, जिज्ञासा थापा, इभानी खड्का, राधिका बन, लिजा राई, आज्ञा दाहाल, एभेञ्जेलिना दाहाल फाईनलका लागि छनौट भएका हुन्।

bihani

कार्यक्रममा निर्णायकको भूमिकामा धरान नृत्यकला प्रतिष्ठानका साँस्कृतिक बिभाग प्रमुख देवराज खड्का र टच डान्स सेन्टर धरानका कोरियोग्राफर मनिष खड्का थिए।

इटहरी आसपासका ३१वटा बिभिन्न निजी स्कुल एवं बिभिन्न संघसँस्थाका सहभागिले कार्यक्रममा भाग लिएका र उनिहरु मध्यबाट २०जना फाईनलका लागि छनौट भएका हुन्।

bihani 2

आयोजक सँस्था द बिहानी डान्स एण्ड इन्टरटेनमेन्टका दिपक पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी ४का वडाध्यक्ष भक्त लामा प्रमुख अतिथि हुनुहुन्थ्यो।