काठमाडाैं । पछिल्लो समय बक्स अफिसमा अभिनेता दयाहाङ राई अभिनित फिल्महरुले धमाका गरिरहेका छन्। अरुका फिल्मसँगको बक्स अफिस प्रतिस्पर्धामा अब्बल ठानिएका दयाहाङले माघ २६ गते भने आफैंसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ।


फिल्ममा निर्माताहरुबीच कुनै  समझदारी भएन भने माघको २६ गते दयाहाङले अभिनय गरेका २ फिल्म एकसाथ प्रदर्शन हुने छन्। यो मितिमा दयाले शीर्ष भूमिका निर्वाह गरेका ‘हात्तीछाप’ र ‘दयारानी’ले रिलिज मिति लक गरेका छन्।फिल्म ‘हात्तीछाप’ केहि समय अघि नै माघ २६ गते फिल्म रिलिज गर्ने घोषणा गरेको हो। 


अर्को फिल्म ‘दयारानी’ टिमले मंगलबार (आज) यही मितिमा फिल्म रिलिज गर्ने घोषणा गरेको छ। फिल्म ‘दयारानी’मा दयाहाङ राईले दिया पुनसँग स्क्रिन शेयर गरेका छन्।


यो फिल्मलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन्। बासुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को ब्यानरमा यो फिल्म बनेको हो। 

फिल्ममा मोहन गुरुङ, न्यू आइटी भेन्चर, किरण गुरुङ, केन्द्र लिम्बु, खुशीमान गुरुङ, सुरेन्द्र गुरुङ र सुर्य प्रकाश गुरुङको लगानी छ।