इटहरी/ यसअघि तीनपटक पनि उत्कृष्ट प्रहरी घोषित बिनोद ओझा असोज महिनाको पुलिस अफ मन्थ भएका छन्। इलाका प्रहरी इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार ओझा चौथोपटक उत्कृष्ट प्रहरी घोषित भएका हुन्।

२०७६ पौष, २०७७ माघ र २०७९ ज्येष्ठमा पनि उत्कृष्ट प्रहरी घोषित भएका ओझालाई पछिल्लो पटक भने १५ लाख ८७ हजार नक्कली नोट कारोबारमा संलग्न संखुवासभाको पाँचखपन गाउँपालिका ५का २५बर्षीय बिवेक राई र मकालु गाउँपालिका ५का ४०बर्षीय अजय राईलाई पक्राउ गरेको भन्दै ओझा कोशी प्रदेश प्रहरी कार्यालयबाट उत्कृष्ट प्रहरी घोषित भएका हुन्।

यस्तै ओझाले उनिहरुको साथबाट नोटका अतिरिक्त प्रिन्टर मेसिन, ल्यापटप पनि बरामद गरेका थिए। प्रसह ओझाले इटहरी चोकमा रहेको सेन्टर प्लाजाको बरण्डा होटेलमा जुवा खेलिरहेका इटहरी ५का ४०बर्षीय दिपेन्द्र कार्की, २७ बर्षीय अनिष दाहाल र ४७ बर्षीय रामकुमार गिरीलाई १लाख ४९हजार ५सय ९० रुपैँयासहित पक्राउ गरेका थिए।

यस्तै अदालती फैसला कार्यान्ययन अन्तर्गत असोज महिनामा मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी १० बर्ष कैद र कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका प्रतिवादी सुकुना भन्ने सुचना सरदार सहित २५जना फरार प्रतिवादी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

कोशी प्रदेश प्रहरी कार्यालयले ओझासहित नगर प्रहरी कार्यालय त्रियुगामा कार्यरत प्रहरी नायब निरीक्षक कमल बहादुर कार्कीलाई पनि असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

असोज ३०गते त्रियुगा ५मा आफ्नै श्रीमतीलाई खाना पकाउने कुकरले हिर्काएर हत्या गर्ने पिटर राईलाई प्रनानि कार्कीले पक्राउ गरेका थिए। राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती छविमाया राईलाई खाना पकाउने कुकरले टाउकोलगायत शरिरको अन्य भागमा प्रहार गरी हत्या गरेको र जेठिसासु ईन्दिरा राईलाई समेत घाईते बनाई फरार रहेका थिए।

Best police