उदयपुर/ उदयपुरको ज्यामिरेमा ट्रकको ठक्करबाट इटहरी घर भएका प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको ज्यान गएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका– ९मा ना ४ ख ८१६३ नम्बरको ट्रकले प्रदेश १–२–०५१ प ६४७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बस्नेतको ज्यान गएको हो।
इटहरी उपमहानगरपालिका ८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत असई श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
सदरमुकाम गाईघाटबाट प्रदेश १–२–०५१ प ६४७८ नम्बरको मोटरसाईकलबाट कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले बस्नेत सवार मोटरसाईकललाई ठक्कर दिएको उदयपुर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएका ४५बर्षीय बस्नेतको घटनास्थलमै ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयमा युनिट इञ्चार्जहरुको मिटिङमा सहभागि भई फर्किने क्रममा बस्नेतलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकका चालक बाँकेका् कोहलपुर नगरपालिका १३ भरैयाका ३४ बर्षीय बिशाल परियारलाई ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ।