सुनसरी/ सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले दुईसय बढि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गरेको छ। उच्च शिक्षाका लागि बिदेश जान चाहने बिद्यार्थीलाई लक्षित गरी एक्सपर्ट एजुकेशनले शुक्रबार शैक्षिक परामर्श प्रदान गरेको हो।

शुक्रबार एक्सपर्ट इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ गरेर अष्ट्रेलिया, क्यानडा, युके, युएएस कलेजका मुख्य प्रतिनिधि सहभागी गराएर बिद्यार्थीलाई भिसाको नीति, पोलिसी, कलेज तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि बिषयमा बिद्यार्थीलाई जानकारी गराएको थियो।

एक्सपर्ट इटहरीले उच्च शिक्षाको लागि बिदेश गएर पढ्ने बिद्यार्थीलाई विदेशको शिक्षा नीति, बिश्वबिद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी, छात्रवृत्तिलगायतका बिषयमा दुईसय जना बढी विद्यार्थीलाई जानकारी गराइएको एक्सपर्ट एजुकेशन अपरेशन हेड सिड्नीका भुवनहरी पाण्डेले बताउनुभयो। IMG_20230

उहाँले यो शैक्षिक परामर्शमा बिद्यार्थीले अष्ट्रेलिया, क्यानडा, युके र युएएसका कलेजका मुख्य प्रतिनिधि भेटेर २०वटा भन्दा बढि शैक्षिक संस्थाका बारेमा सम्वन्धित सँस्थाका प्रतिनिधिहरुसँग अन्तरकृया गरी त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर पाएको बताउनुभयो।

जसमा बिद्यार्थीहरुले कस्तो देश के हो, त्यहाँको शैक्षिक अवस्था कस्तो छ, मैले आफ्नो योग्यता अनुसार कुन शैक्षिक संस्थामा अध्ययन गर्न सक्छु, त्यहाँ गएपछि मैले कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ, अध्ययन पछिको भविश्य कस्तो छलगायत सम्पूर्ण बिषयको पूर्व जानकारी लिन पाएको पाण्डेको भनाई छ।

यस्तै उच्च शिक्षाका लागि बाहिरी देश जान कति खर्च लाग्छ, के–कस्ता डकुमेन्ट तयार गर्नुपर्छ, आफ्नो योग्यताले पुग्छ पुग्दैन, अंग्रेजी लेवल कति चाहिने रहेछ, कुन कोर्ष गर्दा भविश्य उज्ज्वल छ जस्ता बिषयको पनि विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको पाण्डेले बताउनुभयो।

त्यसैगरी, बिद्यार्थीले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग सिधै सम्पर्क हुने हुँदा बिद्यार्थीले छात्रबृत्तिको पनि अवसर पाउन सक्ने पाण्डेको भनाई छ।

एक्सपर्ट इटहरीले उच्च शिक्षाको लागि बिदेश गएर पढ्ने विद्यार्थीलाई बिदेशको शिक्षा नीति, बिश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी, छात्रवृत्तिलगायत सम्पूर्ण बिषयमा जानकारी गराएको एक्सपर्ट एजुकेशन इटहरी तथा बिराटनगरका लेखाप्रमुख बिमल पराजुलीले जानकारी दिनुभयो।

एक्सपर्टले पूर्वमा इटहरी, बिराटनगर र बिर्तामोडलगायतका ठाउँमा शाखा सञ्चालन गरि उच्च शिक्षाको लागि युके, क्यानडा, अष्ट्रेलिया, युएस जस्ता देशको भाषा पढाउदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाका सञ्चालक कमल तिम्सिनाले बताउनुभयो।